काठमाडौं, ११ असोज
‘फोन–पे’ ले पचास हजार मर्चेन्ट बनाउन सफल भएको छ । ‘फोन–पे’ मा विभिन्न १४ प्रकारका मर्चेन्टहरूमा मासिक पचास हजार भन्दा धेरै कारोबार हुने गरेको छ । फोन पे नटेवर्क , बैंक , ग्राहक र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको कम्पनीले जनाएको छ । ‘फोन–पे’ मा ५० भन्दा बढि बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन् । जहाँबाट नेपालभरका ७० लाख भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ । ‘फोन–पे’ ले धेरै भन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्तालाई यसको सदस्य र व्यवसायिक नेटवर्क मार्फत सक्रिय बनाएर आफ्नोे क्षमतालाई ससक्त गरिरहेको कम्पनीले जनाएको छ ।
५० हजार मर्चेन्ट पुगेको अवसरमा तथा दशैँ तिहारलाई लक्षित गरी ‘फोन–पे’ प्रा.लि.ले ‘दशैँ तिहार, क्युआरबाट व्यापार’ अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत हरेक दिन १० जना मर्चेन्टले १ हजार रुपैयाँ, २ जना मर्चेन्टले ५ हजार रुपैयाँ, १ जना मर्चेन्टलले १० हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ । यो योजना असोज १ गतेदेखि असोज ३० गतेसम्म सञ्चालन हुनेछ । साथै एजना भाग्यशाली मर्चेन्टले दशैँ, तिहार र छठ पर्बपछि एकलाख रूपैयाँ प्राप्त गर्नेछ । विजेता घोषणा कार्तिक १७ गते गरिनेछ । यस योजनामा ‘फोन–पे’ मर्चेन्टका सदस्य बैंक तथा वालेटमार्फत क्युआर भुक्तानी स्विकार गर्ने मर्चेएन्टलाई मात्र सहभागी गराइने कम्पनीले जनाएकाे छ ।
धेरै व्यवसायीहरूले ‘फोन–पे’ का सदस्य बैंक तथा वालेटमार्फत कारोबार विस्तार गर्दै आफ्ना ग्राहकलाई विभिन्न छुट दिँदै आएका छन् । ‘फोन–पे’ का अफर फोनपेको वेभ पेज मार्फत हेर्न सकिन्छ । साथै ‘फोन–पे’ नेटवर्कका मोबाईल बैकिङ मार्फत समेत जानकारी लिन सकिन्छ । ‘फोन–पे’ ले निकट भविष्यमै अफर एप्स सार्बजनिक गर्दैछ । जहाँ चलिरहेका अफर तथा मर्चेन्ट्, इभेन्ट्स् र स्थान जस्ता ग्राहकलाई आवश्यक पर्ने जानकारीहरू समावेश गरिनेछ ।