neapl investment mega bank

लागूऔषध सहित पक्राउ

Jan 24th, 2020

ललितपुर, १० माघ

महालक्ष्मी नगरपालिका १ ईमाडोल डेरा गरी बस्ने झापा पृथ्वीनगर घर भएका २५ वर्षीय संजोक लिम्बुलाई नियन्त्रित लागूऔषध डाईजेपाम ७४ एम्पुल, नुर्फिन ५८ एम्पुल र फेनारगन ७४ एम्पुल सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लिम्बुले अवैध लागूऔषधको कारोवार गर्दै आएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी लिने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी ललितपुर ठैव हरिसिद्धी डेरा गरी बस्ने काभ्रेपलाञ्चोक नमोवुद्ध नगरपालिका ६ घर भएका २४ वर्षीय श्याम तामाङलाई नियन्त्रित लागूऔषध डाईजेपाम ४० एम्पुल, नुर्फिन ४० एम्पुल र फेनारगन ४० एम्पुल सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तामाङले अवैध लागूऔषधको कारोवार गर्दै आएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी लिने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

दुवै जनालाई लागूऔषध मुद्धामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।