neapl investment mega bank

आगलागीबाट धनमाल जलेर नष्ट

Jan 23rd, 2020

काठमाडौं, ९माघ

कञ्चनपुर,बेतकोट नगरपालिका-१ हात्तिथला बस्ने राम बहादुर बोहाराको घरमा बुधबार रातिआगलागी हुँदा करिब ८ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मकवानपुर,मनहरी गाउँपालिका-६ डिपात बस्ने चक्र बहादुर प्रजाको घरमा बुधबार दिउँसो आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।