संयुक्त राष्ट्रसंघ,९ माघ (रासस/सिन्हवा)
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बुधबार चिनियाँ नववर्षको शुभकामना दिनु भएको छ । उहाँले चीन र चिनियाँ जनतालाई संयुक्त राष्ट्र संघलाई सहयोग पु¥याएकोमा धन्यवादसमेत दिनु भएको छ ।
एक भिडियो सन्देशमा गुटर्रेसले आफ्नो बधाई सन्देशको शुरुवातमा चिनियाँ भाषामा ‘चुन जी कुई ले’ (नयाँ वर्षको शुभकामना) भन्नु भएको छ ।
सन् २०२० मा संयुक्त राष्ट्रको स्थापनाको ७५ औं वार्षिकोत्सव र संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहरूको लागि एक दशकको कार्ययोजनाका रूपमा मनाउन उहाँले जोड दिनुभएको छ ।
‘अहिलेको विश्व विभाजनको यस समयमा हामीले विश्वव्यापी चुनौतिहरुको समाधान खोज्न र सबैका लागि राम्रो भविष्य निर्माण गर्न सँगै मिलेर काम गर्नुपर्दछ,’ गुटर्रेसले आग्रह गर्नुभएको छ ।
उहाँले चीन र चिनियाँ जनतालाई संयुक्त राष्ट्रसंघ र बहुपक्षीय समर्थनको लागि धन्यवाद दिनु भएको र चिनियाँ समुदायलाई राम्रो स्वास्थ्य, खुशी र सफलताको कामना पनि गर्नुभएको छ ।
चिनियाँ नयाँ वर्ष यस वर्षको २५ जनवरीमा पर्दछ । नयाँ वर्ष चिनियाँ नागरिकको सबैभन्दा महत्वपूर्ण चाडको रुपमा रहेको छ ।