neapl investment mega bank

स्रोत खुलाउन नसकेको रकम सहित पक्राउ

Jan 23rd, 2020

पर्सा, ९माघ

वीरगंज महानगरपालिका-१६ ईनर्वा चौकस्थित सडकबाटस्रोत खुलाउन नसकेको नगद २ लाख रुपैयाँ सहित वीरगंज महानगरपालिका-१६ गहवा बस्ने ४६ वर्षीय रामबाबु साह कलवारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ जाँदै गरेको ना.६४ प.१३९४ नम्बरको मोटरसाइकलजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।