neapl investment mega bank

अवैध लागूऔषध गाँजा सहित पक्राउ

Jan 23rd, 2020

सिरहा, माघ ९

धनगढीमाई नगरपालिका-९ बाट १४ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बिष्णुपुर गाउँपालिका-५ बस्ने २९ वर्षीय सुनिल कुमार पासवान र धनगढीमाई नगरपालिका-८ बस्ने २४ वर्षीय महेन्द्र साह रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले स.७ प१२८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा प्लाष्टिकको बोरामा लुकाईछिपाई राखेको उक्त परिमाणको लागूऔषध गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।