neapl investment mega bank
  • गृहपृष्ठ
  • अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

Jan 23rd, 2020

पर्सा, ९माघ

अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त वीरगंज महानगरपालिका-२७ बस्ने ४५ वर्षीय विक्रम यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

२०६५ भदौ २० गते राति उदयपुर घुर्मीबस्ने ४५ वर्षीय पन्नालाल साह सोनारलाई अपहरण गर्ने क्रममा उनकै श्रीमती देवमती देवीलाई गोली प्रहार गर्दा घाइते भएकोमा देवीको उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटना पश्चात फरार रहेका यादवलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यादवलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।