neapl investment mega bank
  • गृहपृष्ठ
  • हिमालयन बैंक र म्याक्स मनि एस. डि. एनविएच डिबिच सम्झौता

हिमालयन बैंक र म्याक्स मनि एस. डि. एनविएच डिबिच सम्झौता

Jan 21st, 2020

काठमाडौ, माघ ७

हिमालयन बैंक लि. र विप्रेषणको कारोवार गर्दै आएको मलेसियन कम्पनी म्याक्स मनि एस. डि. एन. वि. एच. डि. बिच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र म्याक्स मनिका प्रमुख कार्यकारी अधिकृत मो.अविद हमिदले क्वालालम्पुर मलेशियामा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन । साथै दुबै संस्थाका प्रतिनिधिले मलेशियाबाट विप्रेषण सेवापुःन सुचारु गर्ने नयाँ सम्झौतापत्रमा पनि हस्ताक्षर गरेकाछन ।

हिमालयन बैंक लिमिटेड र म्याक्स मनिले आउँदादिनहरुमा पनि सम्झौतापत्रमा उल्लेखित प्रावधानहरुमा रहि अघि बढ्ने जनाएका छन् ।