neapl investment mega bank

कारको ठक्करबाट एक जनाको मृत्यु

Jan 21st, 2020

काठमाडौं, माघ ७
तारकेश्वर नगरपालिका ५ मुड्खु भन्ज्याङमा बा.३ च ४०६४ नम्बरको कारले मंगलबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेको करिब ५५ वर्षीय पुरुषको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ ।

कार चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।