neapl investment mega bank
  • गृहपृष्ठ
  • निर्माण व्यवसायी र निर्माण उपकरणहरुलाई सुरक्षाको पूर्ण प्रत्याभूति : गृहमन्त्री थापा

निर्माण व्यवसायी र निर्माण उपकरणहरुलाई सुरक्षाको पूर्ण प्रत्याभूति : गृहमन्त्री थापा

Jan 21st, 2020

काठमाडो, माघ ७

नेपाल निर्माण व्यवसायी महासंघले बढ्दो असुरक्षाका कारण निर्माण व्यवसायीहरुले काम गर्ने वातावरण नभएको भन्दै गृहमन्त्री रामबहादुर थापाको गम्भीर ध्यानाकर्षण गराएको छ । महासंघका महासचिव रोशन दाहाल नेतृत्वको प्रतिनिधि मण्डलले मंगलवार गृहमन्त्री थापा समक्ष दिनहुँजसो व्यवसायीका उपकरण जलाइएकोमा कडा आपत्ति जनाउँदै भरपर्दो सुरक्षाको माग गरेको हो ।
जवाफमा गृहमन्त्री थापाले निर्माण व्यवसायी र उनीहरुका उपकरणलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिइने आश्वासन दिनु भएको महासंघका प्रवक्ता टंक प्रसाद चौलागाईले जानकारी दिनुभयो । मन्त्री थापाले अज्ञात समुहका आपराधिक गतिविधि धरै नियन्त्रणमा आइसकेको भन्दै त्यस्ता गतिविधिलाई अब पूर्ण नियन्त्रण गरिने बताउनुभयो । साथै उहाँले जलाइएका उपकरणको क्षतिपूर्ति दिन सरकारले नीति नै ल्याउन लागेको जानकारी दिनुभएको प्रवक्ता चौलागाईले उल्लेख गर्नुभयो ।

महासंघ प्रतिनिधि मण्डलले मंगलवार नै विकास समितिका सभापति कल्याणी खड्कालाई समेत निर्माण व्यवसायी र उनीहरुका उपकरणमाथिको सुरक्षाचिन्ताबारे अवगत गराएको छ । जवाफमा खड्काले विकास समितिको बैठकमा यस विषयमा छलफल गरिने जानकारी दिनुभयो । महासंघ प्रतिनिमिण्डलमा महासंघका मानार्थ सदस्य समेत रहनु भएका सांसद जीपछिरिङ लामा शेर्पा, महासंघकापूर्व अध्यक्ष तथा सल्लाहकार रमेश शर्मा, महासंघ कार्य समिति सदस्य मंगल शाही, निर्माण व्यवसायीहरु कमल गौतम, सहदेव खड्का, कार्यालय प्रमुख प्रेमसिंह ऐर लगायत रहनु भएको थियो ।

अज्ञात समुहले आइतबार मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका अन्र्तगत आइतबारेमा तीनवटा एस्क्साभेटरमा आगजनीगर्दा ३ करोड ५० लाख रुपैया भन्दा बढीको क्षति भएको महासंघले जनाएको छ । महासंघका अनुसार किसानचोक–रमिते–आइतबारे–टाँडी सडक खण्ड निर्माणमा प्रयोग भइरहेको शर्मा–भिमेश्वर जेभी कम्पनीको एक्साभेटरमा आगजनी गरिएको थियो ।त्यस्तै झापा जिल्लाको सेतुमारीमा पनि आइतबार अज्ञात समुहले शर्मा एण्ड कम्पनीको स्वामित्वमा रहेको एउटा एस्काभेटर र ब्याक्होलोडरमा आगजनी गरेको महासंघले जनाएको छ । त्यस्तै केही समय अघि बेनी नगरपालिका बगुवखोला नजिक निर्माण् ाव्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायणघर्ती क्षेत्रीको स्वामित्वमा रहेका तीनवटा स्काभेटरमा आगजनी गरिएको थियो । राष्ट्रिय गौरवको आयोजनाकोरुपमा लिइएको मध्य पहाडीलोक मार्ग अन्र्तगत भोजपुर दिक्तेल सडकखण्ड निर्माण कार्य गरिरहेको गोल्डेन गुड शेर्पा कन्स्ट्रक्सन प्रा.लि.को स्वामित्वमा रहेको ४ वटा एक्साभेटरमा पनि केही समय अघि आगजनी हुँदा करीब ४ करोड रुपँैया बराबराको क्षतिभएको महासंघले जनाएको छ ।