neapl investment mega bank
  • गृहपृष्ठ
  • कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

Jan 21st, 2020

काठमाडौ, माघ ७

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखा टेकुुले ज्यान मुुद्धाका फरार प्रतिवादी कमल झ्याप्ले,कमल न्यौपाने भन्ने कमल वि.क.लाई पक्राउ गरेको हो ।

महाशाखाका अनुुसार सुक्र बहादुर तामाङको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी अभिषेक कार्की समेत भएको मिति २०७१/०९/३० गते जि.धादिङ, तिप्लाङ ०९ घर भई का.जि.गोलढुंगा बस्ने वर्ष २५ को युरूङ तामाङलाई का.जि.टोखा न.पा.वडा नं.१३ दिपज्योती स्थित ढुंगाले टाउकोमा प्रहार गरी कर्तब्य गरी फरार रहेको घटनामा सम्मानित उच्च अदालत पाटनको २०७२/०३/२२ गतेको आदेशले १० बर्ष कैद फैसला सुनाएको थियो ।

अदालतको उक्त फैसला लगत्तै फरार रहेका प्रतिबादी कमल बि.क. लाई अपराध महाशाखाको टोलीले मिति २०७६/१०/०६ गते का.जि.गोंगबु गणेशस्थानबाट पक्राउ गरी आवश्यक कारवाहिको लागि काठमाण्डौ जिल्ला अदालत, बबरमहल पठाईएको जानकारी दिएको छ ।