neapl investment mega bank

सालकको खपटा सहित ३ जना पक्राउ

Jan 21st, 2020

मकवानपुर, माघ ७

हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट २ किलो १ सय ९० ग्राम सालकको खपटा सहित ३ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका १ चौकीटोल बस्ने ३० वर्षीय गौरब गौतम, ३० वर्षीय कृष्ण बहादुर गोले र सोही उपमहानगरपालिका ११ बस्ने ४८ वर्षीय सूर्य लामा रहेका छन् ।

सोही स्थानस्थित खसी बजारमा सालकको खपटा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उक्त सालकको खपटा सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।