neapl investment mega bank

वन मुद्दाका फरार प्रतिवादी पक्राउ

Jan 21st, 2020

बारा, माघ ७

जिल्ला अदालत बाराको २०६२ असार २७ गतेको फैसलाले वन मुद्दामा १ वर्ष कैद ठहर भई फरार रहेका प्रतिवादी जितपुर सिमरा उपमहानगरपालिका-२० बस्ने बिगु महरा चमारलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनलाई लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

बिगुलाई जिल्ला अदालत बारामा प्रस्तुत गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंजमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।