neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रदेश लोकसेवा पदाधिकारीको नाम सिफारिश

प्रदेश लोकसेवा पदाधिकारीको नाम सिफारिश

Jan 20th, 2020

विराटनगर, ६ माघ (रासस)

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा प्रदेश लोकसेवा आयोगका पदाधिकारीको नाम सिफारिश गर्न बनेको समितिले आज तीन जनाको नाम सिफारिश गरेको छ । प्रदेश लोकसेवा आयोगका लागि अध्यक्षमा नेपाल सरकारको पूर्वकृषि सचिव उत्तमकुमार भट्टराई हुनुहुन्छ भने सदस्यमा मुख्यमन्त्री कार्यालयका पूर्वउपसचिव टीकादत्त राई र प्राध्यापक एवं साहित्यकार सजना दाहाललाई नियुक्त गर्न सिफारिश गरिएको छ ।

प्रदेश लोकसेवा आयोगका लागि पदाधिकारीलाई बनेको समितिको सदस्य सभामुख र प्रतिपक्षी दलका नेता रहने व्यवस्था रहेको प्रदेश नं १ का प्रमुख सचिव सुरेश अधिकारीले जानकारी दिनुभयो ।