neapl investment mega bank
  • गृहपृष्ठ
  • भन्सार छली ल्याउँदै गरेका ५४ वटा खसी बरामद

भन्सार छली ल्याउँदै गरेका ५४ वटा खसी बरामद

Jan 19th, 2020

कपिलवस्तु, माघ ५

बिजयनगर गाउँपालिका ५ नौरङ्गियाबाट अबैध रुपमा भन्सार छली ल्याउँदै गरेको करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको ५४ वटा खसी शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीलाई देखेर ल्याउँदै गरेको उक्त खसीहरू छोडी मानिस फरार भएपछि ती खसीहरू नियन्त्रणमा लिइएको उक्त प्रहरी कार्यालयले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।