खोटाङ, ९ माघ
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बामराङ बस्ने गोपी कटवालको घरमा करेन्ट सर्ट भई मंगलबार बिहान आगलागी हुँदा घर तथा विभिन्न सामान जलेर करिब ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।