neapl investment mega bank
  • गृहपृष्ठ
  • पर्यटकलाई काठबाट बनेको मायाको चिनो उत्पादन गरि वितरण गर्ने

पर्यटकलाई काठबाट बनेको मायाको चिनो उत्पादन गरि वितरण गर्ने

Jan 14th, 2020

ललितपूर, पुुस २९

ललितपूरको लामाटारमा रहेको पातले सामुदायिक वन उपभोक्ता समूहले पर्यटन वर्षमा नेपाल घुम्न आउने पर्यटकलाई काठबाट बनेको मायाको चिनो उत्पादन गरि वितरण गर्ने भएको छ । समूहको साधारण सभामार्फत समूहका अध्यक्ष हिरा बहादुर पौडेलले सय जनालाई प्रत्यक्ष रोजगार प्रदानगरि मायाको चिनो उत्पादन गरि बितरण गर्ने बताए ।

वनले श्रृंग ऋषि गुफा तथा सुर्य मैते गुफाको संरक्षण र प्रचार प्रसार गरि पर्यटन प्रबर्धनमा जुट्ने उपभोक्ताहरुले प्रतिवद्धता जनाएका छन् । प्रदेश नं तीनका सांसद माधव पौडेलले पातले वन नेपालकै नमुना वनको रुपमा अघि बढेको र पर्यटकिय क्षेत्रको संरक्षणमा समेत जुटेको बताए । काठमाण्डौंको कोलाहलपूर्ण वातावरणबाट मुक्ति पाउनको लागि लामाटार सिस्नेरीमा १० किलोमिटरको दुरिमा नै यहाँ पुग्न सकिने भएकाले आन्तरिक पर्यटकको पनि ठूलो सम्भावना यो क्षेत्रले बोकेको छ ।