काठमाडौँ, २९ पुस
गायक निशान भट्टराईको कार दुर्घटनामा निधन भएको छ।
काठमाडौँको तीनकुनेमा सवारी दुर्घटना हुँदा भट्टराईको निधन भएको छ । काठमाडौं, महानगरपालिका ३२ तिनकुनेस्थित सडकमा बा.१० च ३०४ नम्बरको कार अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालक सुनसरी धरान उपमहानगरपालिका १४ घर भएका ५४ वर्षीय गायक निशान भट्टराईको मृत्यु भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले अनियन्त्रित भएर गम्भीर घाइते भट्टराईको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको जानकारी दिनुभयो । दुर्घटना कसरी भयो भन्ने बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।