neapl investment mega bank
  • गृहपृष्ठ
  • माघे संक्रान्ति : एक जातिय संस्कृति अनेक

माघे संक्रान्ति : एक जातिय संस्कृति अनेक

Jan 14th, 2020

काठमाडौँ, पुस २९
आधारभूमी संवाददाता

संभवतः सवै नेपालीले एक साथ मनाउने साझा पर्व हो माघे संक्रान्ति । तराईका आदिवासी थारु हुन वा मगरले माघीलाई नयाँ वर्षका रुपमा मनाउँछन् भने राजधानी काठमाडौंका आदिवासी नेवारहरुले माघे संक्रान्तिलाई ध्यो चाकु सँल्हुका नाउँमा भव्य मनाउँछन् । मधेसिहरुले यस दिनलाई तिला संक्रान्ति त पुर्वि नेपालका किरात र हिमाली समुदाय शेर्पा,थकाली, तामाङ , गुरुङ आदि समुदायमा पनि नयाँ वर्ष येलेदोन्ग,ल्होछार प्रारम्भको दिनका रुपमा लिईन्छ माघीलाई । अत्यधिक पिछडिएका समुदाय र्याउटे,कुसुण्डा मात्र होईन राज्यसत्तामा पहुच बनाएका समुदाय क्षत्री व्राम्हण लसम्मले आ-आफनै तौर तरिकाबाट मनाउँछन् माघेसंक्रान्ति । सुर्य उत्तरायण तर्फ लाग्दा दिन लामो हुदै जाने पर्वका रुपमा लिने गरिन्छ । देव घाट,तारुका,वेत्रावती लगायत देशका विभिन्न नदि त्रिवेणीमा नुहाएर पितृ तर्पण ,दान,तर्पण गरी मनाईन्छ ।

थारु नयाँ वर्ष माघी

नयाँ वर्ष माघीमा तराईका आदिबासी थारुहरु गणपञ्था अनरुप वढघर (गाउँका थकाली ) चिरकीया –गाउँका पुजारी),चौकीदार (हुलाकी),गुरुवा (संरक्षक)..चिरकीया–(गाँउका पुजारी )..गुरुवा (संरक्षक) ..गरधुरिया(घर मुली) ..चुन्ने गरिन्छ । यसरी चुन्ने परम्परालाई माघी दिवानी भनिन्छ । कमैया,हलिया,हरुवा,चरुवा दादी परम्पराको वेला माघीकै दिन कमैया फुकाउने देखि नयाँ सम्झौतागर्ने समेत गरिन्थ्यो । माघीमा विशेष परिकार बनाएर खाने खुवाउने आपसी सदभाव सातासात गरी मनाउँछन । माघिमा धोगी (शंखेकिरा),मुसा,गंगटो,सुगुरको मासु का परिकार सहित ढिकरी,रोटी खाने खुवाउने गरिन्छ । माघीको भोलि पल्ट दाजुभाईले दिदि बहिनीलाई कहार्ने को नाउँमा चामल, नुन,मासको दाल र केही उपहार दिएर पठाउने गरिन्छ । यहि कञ्ममा घर वा गाँउका मुलीबाट आर्शिबाद लिने नयाँ वर्षको मुख्य साखः हो ।

नेवारक घ्यो चाकु संल्हु

घिउ,चाकु,राँगाको मासु, चिउरा,पालुंगोको साग,तरुल,सख्खरखण्ड आदि परिकार वनाएर खाने खुवाउने गरिन्छ नेवार समाजमा माघीको दिन घ्यो चाकु संल्हुका नाममा घरकी मुली वा आमा वज्यैको हातबाट कान र तालुमा तेल घसीदिने परम्परा छ भने भोलि पल्ट वा अघिल्लो शनिवार छोरी ज्वाई वा भान्जा भान्जिलाई बोलाएर खुवाईन्छ । घर घरमा जिउमा तेल घसि घाम ताप्ने मौलिक परम्परा पाईन्छ।।।नेवार समुदायमा ।

खिचडि पर्वः

सुर्य उत्तरायणबाट दक्षिणायण तर्फ लागेको र दिन लामो हुदै जाने विस्वासका साथ क्षेत्री,बाहुन समाजमा शिवजीको आराधना गर्दै नदिको दोभान,त्रिवेणीमा स्नान गरिन्छ भने घिउ चाहु तिलौरीका परिकारका साथ चोखो बनाएर पकाएको खिचडि खाने गरिन्छ । यसका लागि गोकर्ण,देवघाट,पाल्पाको रुरुमा भव्य नुहाउनेको मेला लाग्ने गर्दछ ।

शेर्पा , तामाङ , गुरुङको लोसार ..किरातीको येलेदोन्ग शुरु

किरातीको येलेदोन्ग,शेर्पा लगायतका हिमाली समुदायको नयाँ वर्ष भिन्नाभिन्नै समय र आस्थाका आधारमा शुरु हुने गरिएतापनि माघ १ गते माघे संकान्तिलाई थारु समुदायले जस्तै नयाँ बर्ष थालनीका दिनका रुपमा लिएको पाईन्छ । किरातीको येलेदोन्ग कुन समय निर्धारणका आधारमा गिन्ती थाल्ने निक्र्यौल हुन बाँकीनै छ भने गुरुङ समुदायले पौष १५ लाई ,तामाङहरुले माघ पञ्तिपदाका दिन र शेर्पा समुदायले फगुण पञ्तिपदाका दिनलाई नयाँ वर्ष शुरुवाटको दिनका रुपमा लिईएता पनि माघीलाई सम्पुर्ण मंगोलियन समुदायले सौर्य पात्र अनुरुप गरणा गर्नुपर्नेमा एक मत देखिएका छन।