neapl investment mega bank
  • गृहपृष्ठ
  • जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

Jan 13th, 2020

बारा, २८ पुस

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी जितपुरसिमरा उपमहानगरपालिका २ बस्ने १९ वर्षीय सुनिल साहलाईशनिबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बाराको २०७२ चैत २१ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ३ वर्ष कैद ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

साहलाई जिल्ला अदालत बारामा प्रस्तुत गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।