neapl investment mega bank

पेस्तोलसहित दुुई जना पक्राउ

Jan 12th, 2020

काठमाडौं, पुस २७

काठमाडौं महानगरपालिका ९ गौशाला पिंगलास्थानबाट १ थान घरेलु पेस्तोलसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पिंगलास्थान बस्ने धनुषा गणेसमान सारनाथ नगरपालिका ७ घर भएका २४ वर्षीय धर्मेन्द्र पासवान र सिरहा बिष्णुपुर गाउँपालिका ६ घर भएका ४१ वर्षीय दिनेश कुमार झा रहेका छन् ।

महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले बा.१५ च ७५३६ नम्बरको कार जाँच गर्ने क्रममा सिटमुनी लुकाईछिपाई राखेको उक्त पेस्तोल फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।