neapl investment mega bank

अवैध लागूऔषध सहित पक्राउ

Jan 12th, 2020

काठमाडौं, पुस २७

काठमाडौं महानगरपालिका २८ बागबजारस्थित बसपार्कबाट नियन्त्रित लागूऔषध फेनारगन ५० एम्पुल, लुपि ५० एम्पुल, डाईजेपाम ७९ एम्पुल र नगद १ लाख ३५ हजार रुपैयाँसहित सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका २ घर भई हाल ठमेल ज्याठा बस्ने ३१ वर्षीय यादव थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले बा.६६ प ६३२१ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध र नगदसहित फेला पारी पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका १५ जमुनाह चेक प्वाईन्टबाट अवैध लागूऔषध ब्राउनसुगर ९ ग्रामसहित राप्तिसोनारी गाउँपालिका ९ कचनापुर बस्ने २५ वर्षीय रुद्र शाहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।