काठमाडौँ, २७ पुस
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले प्रभावशाली जित निकालेको छ । गएराति भएको खेलमा युनाइटेडले नर्विच सिटीलाई ४–० गोलले पराजित गरेको छ ।
घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन मार्कश राशफोर्डले दुई तथा एन्थोनी मार्सल र मासन ग्रीनवुडले एक–एक गोल गरे । मार्कस रास्फोर्डले खेलको २७औँ र ५२औँ मिनेटमा दुई गोल गरे
भने एन्थोनी मार्सियलले ५४औँ र मासुन ग्रीनउडले ७६ औँ मिनेटमा एक–एक गोल थपे ।
जितपछि २२ खेलबाट ३४ अंक जोडेको म्यानचेस्टर युनाइटेड पुनः लिगको पाँचौ स्थानमा उक्लेको छ। १४ अंक बनाएको नर्विच तालिकाको अन्तिममा छ ।