neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रिमियर इन्स्योरेन्सका प्रमुुख कार्यकारी तिमिलाद्धारा पदबहाली

प्रिमियर इन्स्योरेन्सका प्रमुुख कार्यकारी तिमिलाद्धारा पदबहाली

Jan 11th, 2020

काठमााडौं, पुुस २६

प्रिमियर इन्स्योरेन्स कम्पनीको रिक्त रहेको कर्यकारी अधिकृत पदमा बीमा क्षेत्रमा करिब चार दशक देखि कार्यरत रहेका विश्व तिमिलाले यही पुुस २२ गतेदेखि पदवाहली गरेकाछन । उनको नियुक्तिको लागि कम्पनिको सञ्चालक समितिले सिफारिस गरि स्वीकृतको लागि बीमा समिति पठाएकोमा बीमा समिति बाट यही पुुस १७ गतेबाट स्वीकृत प्रदान गरेको थियो । यस अघि उनले नेको ईन्सुरेन्स कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरिसके पश्चात् केही समय सोही कम्पनीको संञ्चालक समेत रही जिम्मेवारी लिई सक्नु भएको छ ।

वि.सं :२०३७ साल देखि ओरियन्टल ईन्स्योरेन्समा बजार अधिकृतका रुपमा क्यारियर शुरु गरेका तिमिला ले वि.सं : २०५३ मा नेको ईन्स्येरेन्समा बरिष्ठ प्रबन्धकको रुपमा प्रवेश गरि मिति :२०७२/ ०३/०१ देखि मिति : २०७६/०२/३२ सम्म प्रमुख कार्यकारी अधिकुत पदको कार्यभार सम्हाल्नु भएको हो बीमा समितिले जारी गरेको बीमा को संस्थागत सुशासन निर्देशिकाः २०७५ बमेजिम कुनै पनि बीमाको प्रमुख कार्यकारी अधिकृत उक्त बीमकको सेवा बाट निवृत भएको ६ महिनाको अवधि पुरा नभए सम्म अर्को बिमकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुन नपाउने प्रावधान रहेको र निजको सो अवधि २०७६ मंसिर मसान्तमा पुरा भएको छ ।