दमौली, २५ पुस
तनहुँ, घिरिङ गाउँपालिका ३ थानिमाईस्थित सडकमा ग.१ ख ६१७५ नम्बरको बस अनिन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा घिरिङ्ग गाउँपालिका १ बस्ने २० वर्षीया मुना थापाको घटनास्थलमै तथा दुर्घटनामा गम्भीर घाइते भएकी सोही गाउँपालिका ३ बस्ने ४२ वर्षीया नानी माया गुरुङको फिष्टेतल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते अन्य १६ जनालाई उपचारको लागि मणिपाल अस्पताल पोखरातर्फ पठाइएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।