काठमाडौ, पुुस २५
एनएमबी बैंकको २४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको बिहिबार सम्पन्न भएकोसाधारण सभाले गत आर्थिक बर्षको खुुद मुनाफा मध्येबाट आफ्ना सेयरधनीहरुलाई ३५ प्रतिसत लाभांस बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बार्षिक साधारण सभाद्धारा पारित भएको कुुल लाभांसमा २१ प्रतिसत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर सहित १४ प्रतिसत नगद लाभांस रहेको छ । सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी तीन जना संस्थापकहरु निर्विरोध निर्वाचित गरेको छ । यसरी निर्वाचित हुुनेहरुमा पवन कुमार गोल्यान, एफएमओको तर्फबाट निको पिल र कर्मचारी सञ्चय कोषको तर्फबाट संस्थापक शेयरधनी राजेन्द्र काफ्ले रहेकाछन ।
गत असोज ११ गतेबाट ओम डेभलपमेन्ट बैंकलाई प्राप्ती गरी एकिकृत कारोवार सञ्चालन गरेको एनएमबीको चुक्ता पुंजी हाल ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार छ सय रुपैयाँ रहेको छ । गत आवको खुुद मुनाफा मध्येबाट २१ प्रतिसत बोनस सेयर बितरण गरे पश्चात बैंकको चुक्ता पुंजी १३ अर्ब ९५ करोड नौ लाख ८७ हजार रुपैयाँ पुुगेको छ ।