neapl investment mega bank

रामपुरमा पुनः एम्बुलेन्स थप

Jan 9th, 2020

रामपुर, पुस २४ (रासस)

केही एम्बुलेन्सले नियमित सेवा दिइरहेको रामपुरमा पुनः एम्बुलेन्स थप भएको छ । रामपुरबाट तानसेन, बुटवल, पोखरा तथा नारायणगढसम्म बिरामीलाई अत्यावश्यकीय सेवाका लागि पु¥याउन एम्बुलेन्स पर्याप्त भएका बेला कालीगण्डकी फाउण्डेशन नेपालले एम्बुलेन्स सेवा शुरु गरेको छ ।

पाल्पाको पूर्वीभेगका जनतालाई स्वास्थ्य सेवामा सहजता प्रदान गर्न भारतीय दूतावासबाट प्राप्त नागरिकको सेवामा संस्थाले एम्बुलेन्स उपलब्ध गराउनु प्रशंसायोग्य काम भएको रामपुर नगरपालिका–५ का ज्येष्ठ सदस्य फनकुमारी पोखरेलले बताउनुभयो । उहाँले स्वास्थ्य सेवाका लागि बाहिर जान रामपुरका केही एम्बुलेन्सले मात्रै अपुग भएको भन्दै थप सेवा हुनेमा जोड दिनुभयो ।

एम्बुलेन्सबाट नगरपालिकाको छोटो दूरीका लागि र गरीब विपन्न परिवारका निम्ति निःशुल्क सेवा प्रदान गरिने कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष नीलकण्ठ भण्डारीले बताउनुभयो । भण्डारीले रामपुर नगरपालिका क्षेत्रमा यसअघि तीन एम्बुलेन्सले सेवा दिँदा कतिपय अति आवश्यक परेको बेलामा पर्याप्त नभएको भन्दै संस्थाले एम्बुलेन्स सेवा थप गरेको जानकारी दिनुभयो ।

पाल्पा जिल्लाको रामपुर नगरपालिकासँगै निस्दी गाउँपालिका पूर्वखोला गाउँपालिका स्याङ्जा, तनहुँ र नवलपरासी जिल्लाको समेत पायक पर्ने रामपुर नगरपालिकामा स्वास्थ्य सेवा लिन आउने नागरिकलाई सिफारिस गर्नुपर्ने अवस्थामा एम्बुलेन्सबाट आवश्यकतानुसार सेवा प्रवाह हुन नसकेको अवस्थामा एम्बुलेन्स प्रदान गर्नु राम्रो भएको प्रदेश नं ५ का प्रदेशसभा सदस्य युवराज खनालको धारणा छ ।

राम्रो र सहज स्वास्थ्य सेवाका लागि संरचना निर्माण सम्पन्न नभएको अवस्थामा बिरामीलाई अस्पतालसम्म पु¥याउन र विकट भेगका नागरिकलाई सहज सेवा दिन नसकिरहेको बेला एम्बुलेन्स उपलब्ध हुनु राम्रो भएको खनालको भनाइ छ ।