काठमाडौँ, २३ पुस (रासस)
राष्ट्रपति विद्यादेवी भण्डारीले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत गणेश ढकाललाई सिङ्गापुर र अष्ट्रियाका लागि आवासीय नेपाली राजदूत प्रकाशकुमार सुवेदीलाई ग्रिसका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा, २८२ अनुसार राष्ट्रपतिले उहाँहरूलाई ती मुलुकका लागि गैरआवासीय राजदूतमा आज नियुक्त गर्नुभएको हो । राजदूत सुवेदी भिएनास्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयका लागि स्थायी नेपाली प्रतिनिधि पनि हुनुहुन्छ ।