neapl investment mega bank

न्याय परिषद् सदस्यमा खड्का नियुक्त

Jan 7th, 2020

काठमाडौँ, २२ पुस (रासस)

राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रपार्क–७ काठमाडौँ निवासी कानूनविद् वरिष्ठ अधिवक्ता (प्रमाणपत्र तह नं ३४) लक्ष्मीबहादुुर निराला खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा खड्कालाई आज सदस्यमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमा जनाउनुभएको छ ।