neapl investment mega bank
  • गृहपृष्ठ
  • नाडा प्रतिनिधि मण्डल र महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख विच छलफल

नाडा प्रतिनिधि मण्डल र महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख विच छलफल

Jan 7th, 2020

काठमाडौं, पुुस २२

नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको १३ सदस्यीय नाडा प्रतिनिधि मण्डलले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिमप्रसाद ढकालसंग भेटी राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका समस्याहरु र त्यसको निराकरणहरु बारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ ।

आज मंगलबार भएको उक्त भेटघाटमा महानगरिय ट्राफिक प्रहरी महाशाखाका ढकालले आफनो कार्यकक्षमा नाडा प्रतिनिधि मण्डललाई स्वागत गर्दे नयाँ केन्द्रीय कार्य समितिको सफलताको कामना गर्नु भयो । उक्त भेटघाट तथा छलफलमा महाशाखाका प्रमुख ढकालले राजधानीको ट्राफिक व्यवस्थापनको सन्दर्भमा देखिएका विभिन्न समस्या र चुनौतिहरु बारे चर्चा गर्दे चालक र पैदलयाात्रुहरुको सुरक्षा र सहजताको लागि सडकको जेब्राक्रसमा रातो पहेलो र हरियो रङ्गको बत्ति राख्ने व्यवस्थाका लागि नाडासंग मिलेर काम गर्न चाहेको बताउनु भयो ।

सो छलफलको क्रममा नाडाका अध्यक्ष दुलालले महानगरिय ट्राफिक प्रहरी महाशाखा र नाडा विच विगतको समयदेखि नै हुदै आएको सहकार्य बारे चर्चा गर्नु हुदै नाडाले ट्राफिक प्रहरीको संख्या ज्यादै कम भएकोले त्यसको संख्या बृद्धि गर्न सम्बद्ध निकायहरुमा पहल गर्दे आएको बताउनु भयो । सोही क्रममा उँहाले महानगरिय ट्राफिक प्रहरी महाशाखाले राजधानीको ट्राफिक व्यवस्थापनमा देखाएको भूमिकाको प्रसंसा गर्दे यसलाई अझ थप सुधार गर्नु पर्ने खाँचो रहेको र नाडा त्यसका लागि सहयोग गर्न तयार रहेको बताउनु भयो । अध्यक्ष दुलालले विशेषगरी ट्राफिक प्रहरीले सडक दुर्घटनालाई सक्दो घटाउन उल्लेख भूमिका निर्वाह गर्न आग्रह गर्नु गर्दे सडकको अवस्था र राजधानीमाका पुल सक्दो चाँडो निर्माणगरी ट्राफिक व्यवस्था चुस्त बनाउन पनि अनुरोध गर्नू भयो ।

उक्त छलफलमा उपस्थित नाडाका पदाधिकारी तथा सदस्यज्यूहरुले राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका व्यावहारिक समस्याहरु बारे उल्लेख गर्दे त्यसको समाधानका लागि समेत आग्रह गर्नु भयो । छलफलको अन्तमा ढकालले सवारी साधन पैठारीकर्ताहरुले आफनो साधन विक्री गर्दा ग्राहकलाई ट्राफिक जनचेतना जगाउने एउटा पेपर समेत दिने व्यवस्थाका लागि आग्रह गर्नु भयो । सोही क्रममा नाडाका पदाधिकारीहरुले ब्लु बुकमा पनि यस्तै व्यवस्था हुन सकेमा ट्राफिक जनचेतना बढाउन सहयोग पुग्ने धारणा राख्नु भयो ।

उक्त छलफल पछि नाडाका अध्यक्ष दुलालले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख ढकाललाई २०० सिसिको जेण्टलमेन मोटरसाइकलको साँचो हस्तान्तरण गर्नु भयो । विगतमा पनि आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरी तथा प्रहरी कार्यालयहरुलाई मोटरसाइकल प्रदान गर्दे आएको नाडाले जानकारी दिएको छ । नाडाले २०६७ साल देखि नै नाडाको प्रत्येक साधारण सभामा राजधानीका उत्कृष्ट ३ जना ट्राफिक प्रहरीलाई कदर पत्र सहित प्रोत्साहन स्वरुप जनही २५०००/- रुपिया प्रदान गर्दे आएको छ ।

उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल, सुरज भट्टराई, मिलनबाबु मल्ल, पंकज अग्रवाल, निलमणी पाठक, प्रकाश कपुरी, कपिल शिवाकोटी र शुभासिस थपलिया समेतको उपस्थिति रहेको थियो ।