काठमाडौं, पुस २१
काठमाडौं महानगरपालिका १६ चौमतीस्थित ईलाम घर भएका बिर्ख सुब्बाको साईन प्रिन्ट एण्ड मिडिया उद्योगमा करेन्ट सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा उद्योगमा रहेको कम्प्युटर ३ थान, प्रिन्टर २ थान, ईन्भर्टर १ थान लगायतका विभिन्न सरसामानहरु जलेर करिब १२ लाख २७ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी दोलखाको भिमेश्वर नगरपालिका ६ रमितेडाँडा बस्ने निल प्रसाद न्यौपानेको घरमा आइतबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब चार लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।