काठमाडौ, फागुुन २६
हुवावे कम्पनीको सबैभन्दा सर्वोत्कृष्ट स्मार्टफोन हुवावे वाई सेभेन २०१९ अब नेपाली बजारमा उपलब्ध भएको छ । कम दाममा उत्कृष्ट कार्यक्षमता भएको स्मार्टफोनहरू ल्याउने आफ्नो प्रतिबद्धताअनुरूप हुवावे कम्पनीको वाई सिरिजमा पनि सहुलियत दाम र उति नै उत्कृष्ट कार्यक्षमता भएका स्मार्टफोनहरू प्रयोगकर्ताहरू समक्ष ल्याएको छ ।
वाई सिरिज अन्तर्गतको पछिल्लो स्मार्टफोन हुवावे वाई सेभेन २०१९ पनि सबैपक्षमा सर्वोत्कृष्ट स्मार्टफोन मानिएको छ र नेपाली बजारमा हुवावेका अन्य स्मार्टफोनहरू झैं यो स्मार्टफोन पनि निकै लोकप्रिय हुने विश्वास गरिएको छ । यो स्मार्टफोन तीनवटा रंगहरूमा उपलब्ध छ– नीलो –(ओरोरा ब्लू), कालो (मिडनाइट ब्ल्याक) र रातो (कोरल रेड) । नेपाली बजारमा हुवावेको वाई सेभेन २०१९ को मूल्य भने १९ हजार नौ सय ९० रूपैयाँ तोकिएको छ । ६.२६ ईन्चको ठूलो डियूड्रप डिस्प्ले, १३ एमपी+ २एमपीको मास्टर एआई सपोर्टयुक्त एआई क्यामरा र दुई दिनसम्म चल्ने ४ हजार एमएमएच क्षमताको ब्याट्री र प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
हुवावेको ब्याट्रीसम्बन्धी महत्त्वपूर्ण प्रविधिका कारण हुवावे वाई सेभेन २०१९ ले यसको पूर्ण क्षमताको कम्तीमा ८० प्रतिशत ब्याट्री सात सय पटकसम्म चार्ज गर्दा पूर्ण क्षमता दिन्छ ।
भिडियो मन पराउने अहिलेको पुस्ताका लागि ठूलो डिस्प्ले दिनका लागि हुवावेले नयाँ ह्वावे ड्र्यूड्रप डिस्प्ले हुवावे वाई सेभेन २०१९ मा जडान गरेको छ । हुवावेको फ्ल्यागशीप हुवावे मेट ट्वान्टी र हुवावे मेट ट्वान्टी एक्समा सुरूमा राखिएको डिउड्रप डिस्प्लेमा क्यामरा राख्नका लागि मोती आकारको सानो स्थान रहेको छ जसले प्रयोगकर्ताहरूलाई मोबाइलमा सबै खाले सामग्रीहरू हेर्न सहज बनाउने कम्पनीले जनाएको छ।
८६.७ प्रतिशत स्क्रीन–टु–टीपी रेसियो यसमा रहेको छ जुन औसत रुपमा अरु फोनको भन्दा धेरैमाथि हो । हुवावे वाई सेभेन २०१९ लाई तेस्रो पारेर समात्दा यसको पछाडिको भाग डिजिटल क्यामराजस्तो देखिन्छ । यो जानाजान गरिएको हो किनकि हुवावे वाई सेभेन २०१९ सबैभन्दा उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्नका लागि बनाइएको हो ।
हुवावे वाई सेभेन २०१९ले भिडियो र तस्वीरहरू सूक्ष्म रूपमा र स्पष्टताका साथ खिच्ने गर्दछ र यसमा जडित वाइड एपर्चरले धमिलो पृष्ठभूमि भएको पोरट्रेटहरू पनि सपोर्ट गर्दछ । हुवावे वाई सेभेन २०१९ मा ह्यान्ड्स फ्रि तरिकाबाट पनि फोटो खिच्न सकिन्छ– हाउभाउ वा इशाराबाट फोटो खिच्ने वा सेल्फी खिच्नका लागि स्माइल गर्ने । ह्वावे वाई सेभेन २०१९ मा फेश अनलक २.० रहेको छ जसले मोबाइलफोन खोल्न छिटो र सहज हुन्छ । यो स्मार्टफोनले प्रयोगकर्ताको पहिचानलाई प्रमाणीकृत गर्दछ र मात्र मोबाइलफोन अनलक हुन्छ । प्रयोगकर्ताहरूले अन–स्क्रीन निर्देशनहरूपछि आफ्नो प्रोफाइल राख्न सक्छन् । थप सुरक्षाका लागि प्रयोगकर्ताको अनुहारको विवरण वाई सेभेन २०१९ अबमा सदाका लागि सेभ हुन्छ ।
वाई सेभेन २०१९ ले डुलल फोर जी र डुअल भिओलटीई सपोर्ट गर्दछ । यो विशेषताका कारण प्रयोगकर्ताहरूले एकैचोटि एउटा सिमबाट फोन गर्न र अर्कोबाट मोबाइल डाटा चलाउन सक्छन् ।
वाई सेभेन २०१९मा ५१२ जीबीसम्मको एक्पान्डेबल मेमोरी छ र मेमोरी कार्ड राख्न मिल्ने सुविधा छ । ३२ जीबीको इन्टरनल स्टोरेज पनि यो स्मार्टफोनमा रहेकाले सबै तस्वीरहरू, भिडियोहरू, गेमहरू सजिलै स्टोर गर्न सकिन्छ ।