neapl investment mega bank
  • गृहपृष्ठ
  • जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

Jan 3rd, 2020

भक्तपुर, पुस १८

मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीस्थित बा.२ ख ६२०५ नम्बरको बसभित्र जुवातास खेलिरहेको अवस्थामा काठमाडौं जडीबुटी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ६ घर भएका ३० वर्षीय गोपी कुंवर लगायत १० जनालाई नगद एक लाख ६३ हजार ४ सय १५ रुपैयाँ र दुुई बुक तास सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।