neapl investment mega bank
  • गृहपृष्ठ
  • छन्द दिवसका अवसरमा ‘नमोबुद्ध साहित्य गोष्ठी’

छन्द दिवसका अवसरमा ‘नमोबुद्ध साहित्य गोष्ठी’

Sep 29th, 2019

बनेपा, ९ वैशाख 
 पुराना पुस्ताका आख्यानकारले नयाँ पुस्तालाई साधना र गहन अध्ययनबाट मात्रै सो विधामा लाग्नुपर्ने सुझाव दिएका छन् ।     
छन्द दिवसको अवसर पारेर नमोबुद्ध नगरपालिका र रोशी वाङ्मय प्रतिष्ठान भकुण्डेको संयुक्त आयोजनामा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा भएको ‘नमोबुद्ध साहित्य गोष्ठी’ कार्यक्रममा साहित्यकार एवं निबन्ध तथा उपन्यासकार रेशम विरही र विप्लव प्रतीकले यस्तो सुझाव दिनुभएको हो । आख्यान क्षेत्रको विकासमा टेवा पु¥याउनका लागि नयाँ पुस्ताले धेरै योगदान दिएको भए पनि लेखनशैलीमा साधना र अध्ययनको कमी भएको पाइएको उहाँहरुको भनाइ छ ।     
आख्यानकार रेशम विरहीले भन्नुभयो, “नयाँ पुस्ताले लेखिरहेका आख्यानमा आशा गर्ने ठाउँ हुँदाहुँदै पनि लेखनमा अलि कमजोरी देख्छु ।” अर्का आख्यानकार विप्लव प्रतीकले आफूले ठीक विषयलाई अँगाल्दै सुधार गर्नुपर्ने कुरालाई ध्यानमा राखेर युवा पुस्ताले साहित्यिक क्षेत्रमा कलम चलाउनुपर्र्नेमा जोड दिनुभयो । आवश्यकताका आधारमा आफैँ अगाडि आउने भए पनि कवि, कथाकार र उपन्यासकार बन्नका लागि साधना र अध्ययन उत्तिकै आवश्यक रहेको उहाँको भनाइ छ ।     
नयाँ पुस्ताका साहित्यकार नवीन विभासले नयाँ पुस्तामा प्रविधिले गर्दा अवसरसँगै चुनौती पनि थपिरहेको भएर अध्ययनमा कमी भएको हो कि भन्ने अनुभूति आफूमा पनि भएको बताउनुभयो । नयाँ पुस्तामा त्यस्तो देखिए पनि सबै आख्यानकारलाई एउटै आँखाले हेर्न नमिल्ने उहाँको भनाइ छ । अर्को प्रसङ्गमा साहित्यकार तथा उपन्यासकार प्रतीक र विरहीले लेख्ने बेला पाठकलाई भन्दा पनि आफ्नै धुनमा खोजेका विषयलाई लेखनका माध्यमबाट प्रस्तुत गर्ने गरेको बताउनुभयो । साहित्यकार नवीन विभासले आफूले कसैको नजर पुग्न नसकेका मान्छेको आवाजलाई उठाउन केन्द्रमा राखेर लेख्ने गरेको बताउनुभयो ।     
कार्यक्रममा वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकार मोहन दुवाल, हरि मञ्जुश्री लगायतले कार्यक्रममा साहित्यमा कविता विधा र छन्दको सवालबारे आआफ्नो धारणा राख्नुभएको थियो ।     
कार्यक्रममा साहित्यकार भुवनहरि सिग्देल, विप्लव प्रतीक, रेशम विरही, नमोबुद्ध नगरपालिकाका प्रमुख एवं रोशी वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष टङ्कप्रसाद शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ, रामबहादुर पहाडी, नवीन विभास, दीपक सापकोटा, साहित्यकार तथा पत्रकार राजु स्याङ्तान, फणीन्द्र सङ्गम, अभय श्रेष्ठ, रोशन पुन, रमन पौडेल, नरेन्द्रकुमार नगरकोटी लगायतले आआफ्नो सिर्जना वाचन गर्नुभएको थियो ।     कार्यक्रमकै शिलशिलामा राष्ट्रिय समाचार समितिका अध्यक्ष एवं साहित्यकार हरिहर अधिकारी ९श्यामल०ले अहिलेको अवस्थामा साहित्यको अवस्थाबारेमा चर्चा गर्नुुहँुदै रोशी वाङ्मय प्रतिष्ठानको बन्न लागेको भवनलाई सबै क्षेत्रबाट सहयोग गरी समयमा नै पूर्णता दिनुपर्ने बताउनुभयो ।     
नगरपालिकाका प्रमुख एवं रोशी वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष टङ्कप्रसाद शर्मा तिमल्सिनाले वाङ्मयको बन्न लागेको भवनका लागि आगामी आर्थिक वर्षमा रु २० लाख बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।     
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा छन्द दिवसका अवसरमा विभिन्न स्थानमा सक्रिय रही नेपाली साहित्य क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका साहित्यकारले धार्मिक एवं ऐतिहासिक क्षेत्र नमोबुद्धको अध्ययन तथा अवलोकन भ्रमण गरेका छन् ।     
रासस