लागोस, १६ पुस (रासस/सिन्ह्वा)
सन् २०२० को पहिलो दिन विश्वमा तीन लाख ९२ हजार ७८ जना शिशुको जन्म हुने संयुक्त राष्ट्र बाल कोष ९यूनिसेफ०ले बुधबार जनाएको छ ।
“सबैभन्दा बढी बालबालिका भारतमा जन्मिने छन् भने दोस्रो धेरै चीनमा र तेस्रो धेरै नाइजेरियामा जन्मिने छन्,” यूनिसेफको प्रक्षेपणका आधारमा नाइजेरियाका लागि यूनिसेफका प्रतिनिधि पिटर हकिन्सले बताउनुभयो ।
“जनवरी १ मा भारतमा ६७ हजार ३८५ शिशुको जन्म हुने प्रक्षेपण यूनिसेफको छ भने चीनमा ४६ हजार २९९ र नाइजेरियामा २६ हजार ३९ शिशुले जन्म लिनेछन् ।
यसरी हेर्दा नाइजेरियामा जनवरी १ मा विश्वभर जन्मिने शिशुको सात प्रतिशत शिशुले जन्म हकिन्सले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हरेक नयाँ वर्षको सुरूसँगै हरेक नाइजेरियाली बालबालिकाले आफ्नो जीवनको यात्रा शुरू गर्न सम्भावना उनीहरूलाई जीवन जिउन दिइने अवसरका आधारमा हुनेबारेमा जानकारी दिइन्छ ।”
नाइजेरिया लगायत विश्वका लाखौँ नवजात शिशुका लागि जन्मिएकै दिन कम पवित्र बन्ने गर्छ अर्थात् सोही दिन उनीहरूले मृत्युवरण गर्ने गर्छन् ।
यूनिसेफ प्रतिनिधि पिटर हकिन्सका अनुसार सन् २०१८ मा विश्वभरका २५ लाख शिशुहरूले जन्मेको पहिलो महिनामा नै परलोक भएका थिए भने त्यसमध्ये एक तिहाइले जन्मिएकै दिन देहत्याग गरेका थिए ।
नाइजेरियामा मात्रै गत वर्ष तीन लाख १८ हजार ५२२ शिशुको मृत्यु भएको थियो । मृत्यु भएका शिशुमध्ये अधिकांशको अकालमा मृत्यु हुनेगरेको अर्थात् उनीहरूको अल्पआयुमा हुने मृत्युलाई टार्न थोरै मात्र सावधानी अपनाउँदा सम्भब रहेपनि अभिभावकको लापरर्वाही वा व्यवहारका कारण ती शिशुहरूको मृत्यु हुने गरेको छ ।
उहाँले भन्नुभयो, “प्राय बालबालिकाको जन्म हुँदा वा जन्मिएपछि सावधानी अपनाउन नसक्दा अल्पआयुमा नै मृत्यु हुने गरेको छ ।”