काठमाडौ, पुुस १६
नक्कली लाईसेन्स बनाउने गिरोह पक्राउ परेको छ । महानगरीय अपराध महाशाखा टेकुले स्मार्ट सवारी चालक अनुमति पत्र र सरकारी कार्यालयका कर्मचारीहरुको परिचयपत्र नक्कली बनाई बिक्री गरी प्रयोग गरेको भन्ने सूचनाका आधारमा दिपक व्बोलन, अनन्ता गुुरुङ सहितका छ जना व्यक्तिहरुलाई पक्राउ गरेको हो ।
महाशाखाका अनुसार नक्कली स्र्माट कार्ड सम्वन्धी सुचना प्राप्त भई संलग्न रहेको ब्यक्तिहरुको अनुसन्धान गर्न महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ,काठमाण्डौको संयुक्त टोली खटिएको थियो । उक्त टोलीले अनुसन्धान गर्दे जाँदा यही पुुस १५ गते मंगलबार पुतलीसडकबाट दिपक ब्लोनलाई ०२०६००४४३३९७ नं. को बिएफजी बर्गको नक्कली स्मार्ट लाईसेन्स फेला पारी पक्राउ गरी सोधपुछ गर्दा नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र बल्खुमा रहेको शुबास भन्ने बुद्धि बहादुर रोक्कालाई रु. ३०,००० रुपैयाँ दिई निजले आफ्नो आशिष स्टुडियोबाट डिजाईनिङ गरी काठमाण्डौको न्युरोडमा रहेको फोटो कन्र्सन प्रा.लि. बाट नक्कली स्मार्ट लाईसेन्स बनाई लिने गरेको बताएका थिए ।
प्रहरीका अनुसार सो पश्चाात फोटो कन्सर्न प्रा.लि. ले बिभिन्न ब्यक्तिहरुको सरकारी लिखतहरु डिजाईनिङ गरी प्रिन्ट गरी बिक्री गर्ने गरेको भन्ने खुल्न आई आशिष स्टुडियोका संचालक सुबाष भन्ने बुद्धि बहादुर रोक्कालाई दिपक ब्लोनको नामको स्मार्ट लाईसेन्स, बिभिन्न ब्यक्तिहरुको सवारी चालक अनुमति पत्र थान ४, नागरिकताका प्रमाणपत्रहरु, भारत सरकारको आधार कार्ड सहित पक्राउ गरिएको र फोटो कन्सर्न प्रा.लि. न्युरोडमा खानतलासी गर्दा लक्ष्मण झाक्रीको नामको सवारी चालक अनुमतिपत्र, निजकै नामको सशस्त्र प्रहरी जवानको परिचय पत्र, बिभिन्न कलेजहरुको परिचयपत्रहरुको प्रिन्ट, सिपियुु, कटर मेसिन, प्रिन्टर, हार्डड्राईभ सर्बर सेमत फेला पारी बरामद गरी अनुसन्धानको क्रममा उक्त प्रा.लि. का फोटो ग्राफर कुमार तण्डुकार, सेल्स अफिसर अनन्ता गुरुङ, प्रिन्टर तथा मार्के्टिङको काम गर्ने अशोक कार्की, क्यासियर मोहन यादबलाई पक्राउ गरी पक्राउमा परेका उल्लेखित ब्यक्तिहरुलाई लिखत सम्बन्धी कसूरमा अनुसन्धानको लागि परिसर काठमाण्डौ पठाईएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पक्राउ पर्नेहरुमा सर्लाही जिल्ला घर भई हाल काठमाडौको जडिबुुटी बस्ने २७ बर्षिय दिपक ब्लोन, सर्लाही हरिवन नै घर भई काठमाडौको कुुलेश्वर बस्ने बुुद्धि बहादुर रोक्का, काठमाडौको बौद्ध चुच्चेपाटी बस्ने ३६ बर्षिय अनन्ता गुुरुङ, बाराको जितपुर घर घई हाल काठमाडौ अनामनगर बस्ने ३१ बर्षिय अशोक कार्की , सिराह घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने ४१ बर्षिय मोहन यादव र काठमाडौको लाजिम्पाट बस्ने ५६ बर्षिय अनिल तण्डुकार रहेको महाशाखाले जानकारी दिएको छ ।