neapl investment mega bank
  • गृहपृष्ठ
  • कस्तुरीको विना सहित एक जना नियन्त्रणमा

कस्तुरीको विना सहित एक जना नियन्त्रणमा

Dec 30th, 2019

काठमाण्डौ, पुस १४

महानगरीय प्रहरी कार्यलय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले कस्तुरीको विना जस्तो देखिने वस्तु सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले आईतबार साँझ गोगंबु नयाँबसपार्क बस्ने सुनसरी रामधुनी नगरपालिका ७ का ३८ वर्षीय श्याम राईलाई चावहील गणेशस्थानबाट कस्तुरीको विना जस्तो देखिने वस्तु सहित पक्राउ गरेको हो ।



शंका लागि चेकजाँच गर्दा प्रहरीले राईको साथबाट छ वटा डल्ला बनाई प्याकिङ गरेको अबस्थामा बरामद गरेको हो । घटना सम्बन्धमा महानगरीय प्रहरी वृत गौशालाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।