neapl investment mega bank
  • गृहपृष्ठ
  • बैंकको एटिएम फुटाएर रकम चोरी गर्न लागेको अवस्थामा दुई जना पक्राउ

बैंकको एटिएम फुटाएर रकम चोरी गर्न लागेको अवस्थामा दुई जना पक्राउ

Dec 29th, 2019

काठमाडौं, १३ पुस

चन्द्रागिरी नगरपालिका ७ थानकोटस्थित सिटिजन बैंकको एटिएम फुटाएर रकम चोरी गर्न लागेको अवस्थामा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ५ दाउराडिपो बस्ने मुगु सोरू गाउँपालिका ६ घर भएकाहरू २४ वर्षीय चित्र बहादुर शाही र २० वर्षीय नन्दराज धराल रहेका छन् ।

उक्त एटिएम मेसिनभित्र राखेको नगद चोरी गर्ने उद्देश्यले एटिएम राखेको सटरको ताल्चा र मेसिन समेत फुटाएर क्षति पुर्यामईसकेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।उनीहरुको साथबाट एटिएम मेसिन फुटाउन प्रयोग गरेको ढुंगा, पिलास, फलामको रेन्च र चक्कु प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।