ललितपुर, पुस १३
बिप्लप समुहका बिद्यार्थी नेताहरु पक्राउ परको छन । महानगरी प्रहरी परिसर ललितपुरका अनुुसार नेपाल सरकारद्वारा प्रतिबन्धित ने.क.पा. बिप्लव समूहका अखिल क्रान्तिकारी ललितपुरका सचिव अनुपम भन्ने ललितजंग बम र सहसचिव निश्चल भन्ने मान ब. तिरुवा ले ललितपुर जिल्ला अन्तर्गत बिभिन्न स्थानहरूमा राज्य बिरुद्ध द्वेस फैलाई, बिप्लव समूहमा आवद्ध हुनुपर्छ भनि स्थानिय व्यक्तिहरूलाई डर त्राशमा पारेको सुचना आएको छ ।
सोही सुचनाका आधारमा निजहरूको खोजतलाश गर्दै जांदा मिति २०७६।०९।११ गते १७ः३० बजे ल.पु.म.न.पा. ३ पुल्चोक स्थितमा मान ब. तिरुवा र ऐ १२ गते १४ः०० बजे ल.पु.म.न.पा. ९ बालकुमारीमा ललितजंग बमलाई फेला पारी सामान्य सोधपुछ गर्दा सार्वजनिक स्थानमा सुरक्षाकर्मी माथि अपशब्द प्रयोग गरी अभद्र व्यवहार गरेकोले तत्काल पक्राउ गरी महानगरिय प्रहरी परिसर ललितपुरबाट थप अनुसन्धान भईरेहको प्रहरीले जनाएको छ