neapl investment mega bank
  • गृहपृष्ठ
  • अवैध लागूऔषध पोलेण्ड सहित दुई जना पक्राउ

अवैध लागूऔषध पोलेण्ड सहित दुई जना पक्राउ

Dec 29th, 2019

काठमाडौं, पुस १३

बुढानिलकण्ठ नगरपालिका १० कपन साततलेबाट अवैध लागूऔषध पोलेण्ड ६ सय ९९ दशमलव ८० ग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दोलखा घर भएका उर्गेन शेर्पा र डोटी सिलगढी नगरपालिका ४ घर भएका २५ वर्षीय बिबेक श्रेष्ठ रहेका छन् । महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरूलाई चेकजाँच गर्दा शेर्पाको साथबाट २ सय २४ दशमलव ७० ग्राम र श्रेष्ठको साथबाट ४ सय ७५ दशमलव १० ग्राम गरी उक्त परिमाणको लागूऔषध पोलेण्ड र डिजिटल तराजु सहित फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।