neapl investment mega bank
  • गृहपृष्ठ
  • मन्त्री नेम्बाङद्धारा कलङ्की–नागढुंगा सडकको अनुगमन

मन्त्री नेम्बाङद्धारा कलङ्की–नागढुंगा सडकको अनुगमन

Dec 29th, 2019

काठमाडौ, पुस १३

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले कलङ्की नागढूंगा सडक खण्डको अनुगमन गर्नुभएको छ । शनिबार यस खण्डको स्थलगत निरिक्षण गर्नु भएको हो । मन्त्री भए लगतै उपत्यकाको सडकमा रहेका खाल्टाखुल्टी पुर्न विशेष चासो देखाउनु भएका नेम्बाङले नियमित विभिन्न सडकहरुको अनुगमन गर्दै आउनु भएको छ ।

नागढुंगा सडक खण्डमा रहेका खाल्टाखुल्टीका कारण सवारी आवतजावतमा असहज हुनका साथै जाम हुने समस्यालाई मध्यनजर गर्दै अनुगमन निस्किनु भएको हो । अनुगमनमा काठमाण्डौ क्षेत्र नं. ९ का सांसद कृष्ण गोपाल श्रेष्ठ, प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया समेत सहभागी रहनु भएको थियो । स्थलगत अनुगमनपछि मन्त्री नेम्बाङले काठमाण्डौ सडक डिभिजन कार्यलयका इन्जिनियहरु र सडक विस्तार आयोजनाका प्रमूखलाई त्यस क्षेत्रमा रहेका खाल्टाखुल्टी तत्काल पुर्न निर्देनशन दिनु भयो ।

मन्त्री नेम्बाङको सक्रियतामा चाबहिल गौशला सडक खण्ड बाहेक चक्रपथ भित्रका अधिकांश खाल्टाखुल्टी पुर्ने काम सम्पन्न भएको छ । चावहिल गौशला सडक खण्ड मर्मत भन्दा पनि पुरै निर्माण गर्नु पर्ने भएकाले त्यसका लागि पनि ठेक्का सम्झौता भइसकेका छन् । छ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।