neapl investment mega bank
  • गृहपृष्ठ
  • सामुदायिक लघुुवित्त वित्तीय संस्थाको छैठौं बार्षिक साधारण सभा सम्पन्न

सामुदायिक लघुुवित्त वित्तीय संस्थाको छैठौं बार्षिक साधारण सभा सम्पन्न

Dec 28th, 2019

काठमाडौ, पुस १२

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेको छैठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले साँगा, बनेपा–१४, काभ्रेपलाञ्चोकमा शुक्रवारका दिन छैंठौं बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाको सभाले आ.व. २०७५/७६ को बार्षिक लेखापरीक्षण प्रतिवेदन सहित २०७६ असार मसान्तसम्मको वासलात, नाफा/नोक्सान र नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरणहरु पारित गरि आ.व. २०७५/७६ असार मसान्त सम्मको चुक्ता पूँजीको ३२ प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनका लागि एक दसमलव ६८ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
साथै बोनस शेयर पश्चात कायम हुन आउने चुक्ता पूँजीको दुुई बराबर एकको अनुपातमा हकप्रद शेयर जारी गर्ने पश्ताब समेत पारित गरेको छ ।