neapl investment mega bank
  • गृहपृष्ठ
  • विभिन्न मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

विभिन्न मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

Dec 27th, 2019

बारा, ११ पुस

जिल्ला अदालत बाराको २०४९ वैशाख १३ गतेको फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन कैद र २ हजार २ सय ५० रुपैयाँ जरिवाना ठहर भई फरार रहेका प्रतिवादी विश्रामपुर गाउँपालिका ५ बस्ने मेघु महतो नुनियालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले उनलाई सोही ठाउँमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यसैगरी जिल्ला अदालत बाराको २०७४ असार ८ गतेको फैसलाले लागूऔषध मुद्दामा २ वर्ष ३ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका प्रतिवादी करैयामाई गाउँपालिका ५ बस्ने बृजेश भन्ने बिजेश चौधरीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरीले सोही ठाउँमा लुकीछिपी बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी जिल्ला अदालत बाराको २०६६ कात्तिक १५ गतेको फैसलाले दूरसंचार तार काटी दुरसंचार लाईन तथा प्रणाली हानी नोक्सानी गरेको मुद्दामा २ वर्ष कैद र ५४ हजार ५ सय ६३ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका प्रतिवादी जितपुर सिमरा उपमहानगरपालिका ७ बस्ने कलाम मियालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई जिल्ला अदालत बारामा प्रस्तुत गरेकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय वीरगंज पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।