neapl investment mega bank
  • गृहपृष्ठ
  • अख्तियारद्वारा घुस लिएको अभियोगमा पक्राउ

अख्तियारद्वारा घुस लिएको अभियोगमा पक्राउ

Dec 26th, 2019

काठमाडौँ, १० पुस (रासस)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार महालक्ष्मी नगरपालिका ललितपुरका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुँवेर केसीलाई रु ३० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका अनुसार उनीहरुलाई बुधबार नै पक्राउ गरिएको भए पनि आवश्यक अनुसन्धानपछि आज सार्वजनिक गरिएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बेसक्याम्प विष्णुपुरा रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार र प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ । घरायसी सामान आयात गर्न सहज गरिदिने भन्दै सशस्त्र प्रहरी बलका दुई सदस्यले रु छ हजार घुस लिएको आरोप लागेको छ ।

आयोगको बुटवलबाट गएको टोलीले प्रहरी सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी र सशस्त्र प्रहरी निरीक्षक तेजबहादुर जोरालाई घुससहित गैडहवा–३ सग्रहवाबाट पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।