neapl investment mega bank
  • गृहपृष्ठ
  • मोडलिङ्ग गर्ने भन्दै ललाई फकाई तान्त्रिक पुुजाको लागि मानव वेचविखन गर्ने सात जना पक्राउ

मोडलिङ्ग गर्ने भन्दै ललाई फकाई तान्त्रिक पुुजाको लागि मानव वेचविखन गर्ने सात जना पक्राउ

Dec 26th, 2019

काठमाडौ, पुस १०

मोडलिङ गर्ने बहानामा तान्त्रिक पुुजाको लागि मानव बेचबिखन गर्ने व्यक्तिहरु पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार एक जना ६ फिट उचाई भएकी युवतीलाई शुरुमा काठमाडौमा मोडलिङ्ग गर्ने र सोको लागि अनिवार्य ६ फिट उचाई भएको हुनु पर्ने भन्दै धादिङ्ग घर भई काठमाडौ सितापाईला वस्ने प्रेममाया तामाङ्गले प्रस्ताव गरिन । सो पश्चात राम्रो रकम मोडलिङ्ग गरेपश्चात पाउने प्रलोभनमा परि पिडित युवतिले प्रस्ताव स्विकार गरिन ।

प्रेममाया तामाङ्गले पिडित युवतीको ६ फिट हाईट नापि सोको भिडियो विराटनगरमा उमेश शाहलाई पठाएको र उतावाट स्विकृती भए पछि विराटनगर लाने योजना वनाएको देखियो । पून युवतिलाई महिनावारी भए नभएको , घाउ चोट पटक, अप्रेशन गरे नगरेको सोधपुछ भए पश्चात पिडित युवतीका आफन्तले शंकागरी महानगरीय प्रहरी परिसर काठमाडौमा मिति २०७६ र ०९ र ०४ गते जानकारी गराए पश्चात तत्काल यस कार्यालयवाट विशेष प्रहरी टोली परिचालन गरि युवतिको पिछा गर्दे विराटनगरसम्म पुगी घटना अनुसन्धान अगाडी वढाईएको थियो ।

पीडित युवतीलाई कृष्ण तामाङ्गले काठमाडौवाट विराटनगर आउन यही पुुस छ गते हवाई टिकट र रु २६ हजार रकम समेत पठाईएको थियो । प्राविधिक कारणले सो दिन जान नसकी यही पुस सात गते १०३० वजेको वुद्ध एयरको फ्लाईटवाट दिल कुमारी वुढाको साथमा विराटनगर गएकोमा एयरपोर्टमा कृष्ण तामाङ्ग र उमेश शाहाले भेटी भ्यानमा राखी रामजानकी मन्दिरको खाजा घरमा लगी राखेको देखियो । तत्पश्चात विराटनगर जलजलाचोक स्थित काली मन्दिरको धर्मशालाको कोठा न २०५ र ६ वुक गरी पिडित युवतीको पून उचाई लगायत महिनावारी भए नभएको, घाउ चोटपटक, अप्रेशन गरे नगरेको चेकजाँच गरे पश्चात केही समयमा आउने गरी कृष्ण र उमेश वाहिर गई युवतिलाई तान्त्रिक पुजाको लागि वोर्डर पारी लगी पुजा गराउने भनि अपरिचित व्यक्तिहरुसंग कुराकानी गर्दे घटनामा संलग्न उमेश माझी, रंजित कुमार चौधरी, दिलिप पोदार संग समेत छलफल गरी तान्त्रिक पुजाका सामाग्री सहित पिडित युवतीलाई मोडलिङ्गको लागि आवश्यक सामान कपडा किनाउने वहानामा जोगवनि वोर्डर हुँदै पारी लाने योजना वनाउदै गरेको अवस्थामना विराटनगर फुलचोक वुढिगंगा १ वाट घटनामा संलग्न व्यक्तिहरुलाई यही पुुस सात गते वेलुकि २१३० वजे नियन्त्रणमा लिई पिडित युवतिलाई समेत उद्दार गरी आवश्यक पक्रिया पुरा गरी थप कारवाहीको लागी काठमाडौ ल्याईएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न प्रेममाया तामाङ्गलाई काठमाडौ सितापाईलावाट पक्राउ गरिएको हो ।

घटनाको प्रारंभिक अनुसन्धानमा निज पक्राउ व्यक्तिहरुले मोटो आर्थिक रकम पाउने आशमा ६ फिट उचाई भएको महिला युवती खोज्दै विराटनगर हुँदै तान्त्रिक पुजाको लागेर वोर्डर पार गराउने योजना वनाएको देखिएको मुख्य योजनाकार दिलिप पोदारलाई भारत विहारको मन्दिरको वावा लगायत अन्य व्यक्तिहरुले पैसा दिई सम्पर्क गरेको देखिएको छ । संलग्न प्रेम माया र कृष्ण ले पाँच लाख पाउने आश्वासन पाएको साथै अन्य व्यक्तिहरुले केही रकम वरामदी गरीएको वाहेक ठुलो मात्रामा रकम पाउने प्रलोभनमा परी योजना वनाएको देखिएको छ । पिडित युवतिलाई प्रहरीद्धारा समयमा नै उद्धार नगरिएको भए नेपाल वोर्डरपार गराई कुनै पनि किसिमका गम्भिर अपराधीक घटना घटाउन सक्ने देखिएको हुँदा पक्राउ व्यक्तिहरुलाई उपर जाहेरी लिई सम्मानित जिल्ला अदालतवाट दिन ७ को म्याद थप गरी अनुसन्धान भईरहेको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोज तलास भईरहेको छ । घटनामा संलग्न उमेश माझी जिप्रका सप्तरीवाट अपहरण तथा शरिर वन्धक र हातहतियार मुद्दामा जिल्ला अदालतवाट धरौटीमा छुटेको भएको र अन्य को सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।