neapl investment mega bank

अवैध यार्सागुम्बा सहित ३ जना पक्राउ

Dec 24th, 2019

काठमाडौं, ८ पुस

चन्द्रागिरी नगरपालिका २ स्थित नागढुंगाबाट अवैध यार्सागुम्बा ४ किलो २ सय ४५ ग्राम सहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दार्चुला दुहम गाउँपालिका ५ बस्ने ४८ वर्षीय गर्जे सिँह महरा, भारत उतराखण्ड ग्राम लत्ता बस्ने ३२ वर्षीय प्रम सिंह र भारत उतराखण्ड ग्राम सल्ना बस्ने ३२ वर्षीय हरिश सिँह रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले यूके ०४ टिबी १९६७ नम्बर कारमा भित्रि पार्टपूर्जा मेकानिक्सद्वारा खोलि जाँच गर्ने क्रममा चालकको सिट पछाडिको सिटहरूको दुबै साईडमा रहेको बोतल स्ट्याण्डमा उक्त परिमाणको यार्सागुम्बा लुकाई राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबै जनालाई बरामद सवारी साधन र यार्सागुम्बा सहित आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि डिभिजन बन कार्यालय हात्तिसार, काठमाडौं पठाइएको उक्त प्रभागले जनाएको छ ।