neapl investment mega bank
  • गृहपृष्ठ
  • टिकाथली स्वास्थ्य चौकी भवन उद्घाटन, गर्भवतीका लागि भिडियो एक्स–रे सेवा सुरु

टिकाथली स्वास्थ्य चौकी भवन उद्घाटन, गर्भवतीका लागि भिडियो एक्स–रे सेवा सुरु

May 9th, 2026

ललितपुर, बैशाख २६

ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीस्थित टिकाथली स्वास्थ्य चौकीको नयाँ भवन उद्घाटन गरिएको छ । बागमती प्रदेश सरकारको १ करोड १४ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको भवनको उद्घाटन प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै वडा नं. ७ का अध्यक्ष बाबुराजा महर्जन ले स्वास्थ्य चौकीबाट हाल नियमित स्वास्थ्य सेवा सञ्चालन भइरहेको जानकारी दिँदै आगामी दिनमा पाँच शैयासहितको सेवा विस्तारका लागि पहल गरिने बताए ।
स्वास्थ्य चौकी स्रोतका अनुसार चौकीमा विभिन्न रोगहरूको परीक्षण सेवा उपलब्ध रहे पनि भिडियो एक्स–रे सेवा भने हाल गर्भवती महिलाका लागि मात्र सञ्चालन गरिएको छ ।

त्यस्तै, उद्घाटन समारोहमा महालक्ष्मी नगरपालिका नगर प्रमुख हरि गोविन्द श्रेष्ठ, नगर उप प्रमुख लक्ष्मी महर्जन, १ देखि १० सै वडा अध्यक्षहरु, प्रमुख प्रसासकीय अधिकृत अमृत ढुङ्गाना, शिक्षा प्रमुख चिरञ्जीवी पौडेल, स्वास्थ्य शाखा प्रमुख हेमलाल ज्ञवाली, टिकाथली स्वास्थ्य प्रमुख अजय केशरी, सबै राजनीतिक दलका प्रतिनिधिहरु, बुद्धिजीवीहरु, नगर र बडाबासीहरुको उपस्थिति रहेकाे थियाे ।