काठमाडौं, बैशाख ४
नेप्से परिसूचक ५.३६ अंक बढेर २८३८.४० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.५८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंक घटेको छ।
आज ३३५ स्टकको ९६ हजार ५७३ पटकको कारोबारमा ७ अर्ब ४६ करोड ६ लाख रुपैयाँबराबरको १ करोड ८० लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६६ करोड ८६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। सोलु हाइड्रोपावरको ३७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने रिडी पावर डेभलपमेन्टको कारोबार रकम ३४ करोड रुपैयाँ नाघेको छ।
आज ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत बढेको छ। आज होटल तथा पर्यटन उपसमूहको परिसूचक १.३८ प्रतिशत बढेको छ। बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य घटेको छ।