neapl investment mega bank
  • गृहपृष्ठ
  • कालान्तरमा बिज्ञानले हस्तक्षेप गर्दैछ,यी परम्परागत कारखानहरु

कालान्तरमा बिज्ञानले हस्तक्षेप गर्दैछ,यी परम्परागत कारखानहरु

Feb 17th, 2026

सोलुखुम्बू फागुन – ५,

कालान्तरमा बिज्ञानले हस्तक्षेप गर्दैछ, परम्परागत यी ., बर्तमान बिज्ञान यो धरातल भन्दा धेरै माथी उचाईमा छ., अझ बिज्ञान को अनुशन्धान र खोजको क्रम आज हामीले कल्पना गरे भन्दा पनि धेरै माथी क्षितिजमा छ । हावा हुरिको कण, कणबाट बिज्ञानले सफल ताको चरम सिमा जपार गरिसकेको घट्ना हामी सबैको नाङ्गो आँखा अगाडि सतहमा छर्लङ्गै छ ।

तथापि बिज्ञानको त्यो ड्रोन यो हाम्रो परम्परागत कारखाना (आरान) माथी अझै उड्न सकेको छैन । हुनत आरान वरपर उडिरहेको “ड्रोन” सायद हामीले धेरै पटक देख्यौँ होला तर उडिरहेको त्यो “ड्रोन” ले सतहमा दिन, रात पसिना बगाई रहेको लगभग नेपाली समाज कै पहिलो बि. क. कुलका बैज्ञानिकहरुको सन्तान र उनिहरुको उत्पादन कारखाना आरानलाई मिडियाकर्मिहरु को आधुनिक क्यामेराले समेत एक क्लिक गर्न भ्याएन। तथापि हाम्रो परम्परागत उत्पादन कारखाना आरानले हाम्रो लागि निरन्तर शेवा दिन आज सम्म पनि रत्तिभर चुकेका छैनन । मानव सभ्यताले प्रारम्भगरेको पहिलो कृषि पेशा सँग, सँगै यिनीहरुको कला द्वारा निर्मित सा माग्रीहरु हामी नेपाली समाजको लागि हाल सम्मपनि अपरिहार्य बन्दै गएको छ।

बास्तवमा हाल सम्मपनि चेतना स्तरमा लगभग अरु भन्दा केही पिँधमा नै रहँदै आएको मानिने यी आरानको कालिगढहरु अरु हरुबाट मान भईरहेको छ., वा अपमान सो सम्बन्धि सा-साना महशुस र अनुभूतिहरु हाल सम्म पनि गर्न सकेको देखिँदैन तथापि यिनिहरु नेपाली समाजको लागि परापुर्बकाल देखि नै पर्दा भित्रको र,हस्यमय बैज्ञानिकहरु भने अवश्य मान्न सकिन्छ । भोली कारणबस यिनिहरु को कारखाना निस्कृय रहँदा हामी स्थानिय कृषकहरुलाई पर्न जाने दुबिधा प्रति पनि हामी सबै जना सचेत नै छौँ। तथापि आरान भित्र हिजोको अवस्था र आजको स्तरमा फेरबदल (परिवर्तन) नहुनुको का रण के..? प्रश्न उठिरहेको छ., अझ रोचक कुरा त् आरानमा सामाग्री उत्पादन गर्दा कालिगढले प्रयोग गर्ने औजारहरु समेत अपरिवर्तित छन ।

तशर्थ यसको क्रमिक सुधार सहित आरानलाई आधुनिक बिज्ञा नमा परिवर्तन गर्न तथा अब उप्रान्त नवीन पुस्ताको ध्यानाकर्षण गराँ उदै., यथास्थिति कारखानालाई रुपान्तरण गर्दै यस कारखाना प्रति प्रगतिशिल बिचार सहित कारखाना अग्रगमन तर्फ बिकशित गरौं., विशेष दिनानुदिन साँगुरिदै गएको आम्दानीको श्रोतहरुको बढावा र चौतर्फि अवस्था सुरक्षित नहुँदा अलपत्रमा पर्न लागेका आरान र आरान का यी कालिगढहरुको सामुहिक समर्थन गरौं। अन्त्यमा यी अति-आ वश्यक औजारहरु उत्पादन गर्ने कारखानाका कालिगढहरु के भन्छन त्..? उनिहरुको भनाई जस्ताको त्यस्तै तल फोटो ईन्सेटमा.,