neapl investment mega bank
  • गृहपृष्ठ
  • जानै पर्ने सुन्दर पर्यटकिय स्थल हाम्रो चिसापानी

जानै पर्ने सुन्दर पर्यटकिय स्थल हाम्रो चिसापानी

Feb 9th, 2026

सोलुखुम्बू माघ – २६

प्रकृतिले धेरै समय खर्चेर नै होला मानिसको लागि एउटा सुन्दर तथा मनमोहक डाँडाको सृजना गरेको छ । जुन सोलुखुम्बू जिल्लाको नेचा सल्यान गाँउपालिका वडा नं. ५, र चिसँङङ्खगडि गाँउपालिका वडा नं. – ६, दुई बिचको सिमानामा पर्दछ । चिसापानी पोखरी नामाकरण भएको सो स्थान सिमाङ्कन कै आधारमा दुईवडाको बिच सिमानामा पर्दछ भने यो पोखरी दुई फरक वडा मात्र नभई * फरक गाँउपालिका र *जिल्ला नै फरक रहनु पनि यसको अर्को छुट्टै बिशेषता रहेको छ ।

परापूर्ब ईतिहासकाल देखि नै पञ्चमि मेला लाग्दै., चिसापानी पोखरी को रुपमा ईतिहास च्यापेर बिगत कथाबस्तु र अवशेष मात्र रहेको यस पोखरीमा हिजो धेरै बर्ष अगाडि पनि मानबिय क्षतिको अनिष्ठ घटनाहरु बेहोर्दै आएको स्थानिय धेरै जना प्रत्यक्षदर्शिहरु आज पनि बताँउछन । पछिल्लो समयमा स्थानिय सरकार द्वारा सो पोखरीको ईतिहाँसलाई अध्यन गरि सो डाँडाको हावापानी र सौन्दर्यता प्रति आकर्षित भई पर्यटकिय क्षेत्रको रुपमा स्थापित गर्न केही बिकाश गरि थप श्रङ्गार पाएपछि सो पोखरी हाल सफा, सुन्दर र चिटिक्क परेको मनमोहक स्वर्गको एक हिस्सा जस्तो देखिएको छ। बारै महिना लगभग गर्मि शब्दको अर्थ र गर्मि महशुस नै गर्न नपाईने सो स्थानमा न चिसो.! न् तातो.!! समशितोष्ण हावापानी नै रहे पनि प्राय हावापानी मा केही अधिक बर्चश्व भने ठण्डि मौशम कै रहने गरेको छ ।

वरिपरि प्राकृतिक बनस्पति रुखपात र बोट बिरुवाको हकमा स्थानिय हावापा नी अनुकूल प्राय सबै प्रजातिका बोट, बिरुवाहरु पाईने सो क्षेत्रमा ला लीगुराँसले आफ्नो जवानीमा महत्वपुर्ण भूमिका खेलेको पर्यटक जो, कोहीले नाङ्गो आँखाले स्पष्ट देख्न पनि सकिन्छ । पोखरीको किनारा मा बसेर आनन्द लिने पर्यटकहरुका लागि शरिरमा थप उर्जा समेत भरिएको महशुस गराउने हावापानी तथा समयानुकूल पोखरी वरिपरि लालिगुराँसको बैंशालु सौन्दर्यताले एक पर्यटकलाई दोहोराउन बाध्य गराउने यसको छुट्टै बिशेषता रहेको छ, भने जो, कोही पर्यटक हरुलाई एकपटक अनिबार्य निम्ता दिने मौशमानुकूल यसको प्राकृतिक माग पनि रहेको छ ।